Suyog Dhakal · Oct 1, 2018
विनोद शाहीको यस्तो शाश्वत एवंम् महान् भोकलार्इ एशियन थाईफुड्स प्रा.लि. का महाप्रवन्ध निर्देंशक महेश कुमार जाजु उर्जा स्वरुप रु १ लाख १ हजारको चेक हस्तान्तरण गर्नुभयो । महेश जाजु सादर नमन अनि धन्यवाद ! समाजमा लुकेका, राज्य चुकेका त्यस्ता अनेक भोका पात्रहरुको खोजी, सम्मान र सहयोगका लागि अागामी दिनहरुमा यहाँभित्र अझ भोक जागोस्, अरुको भोकलार्इ जोशमा र अरुकै जोशलार्इ उर्जामा बदल्ने तपाइको भोक जारी रहोस् अनेक शुभकामना !
सबैजना महाराजलाई यो प्रश्न छ, भोक बिनाको भोजन अनि भोजन बिनाको भोक दुबै एकअर्काबिना अपुरो नै हुन्छ । कसैले अरुचीका कारणले बिभिन्न ओखती र उपचार प्रयोग गरेर पनि भोक जागा बनाइरहेका हुन्छन त कसैले गरिबीका कारणले भोकलाई मेटाउन हजारौं डरलाग्दा प्रयास गरिरहेका हुन्छन् ।