Suyog Dhakal · Jul 10, 2016
संसारका यी हिरो इधीले कहिलेपनि एयर कन्डीशन भएको कार्यलय या चिल्ला गाडीको हेक्का राखेनन र प्रयोग समेत गरेनन ।
सुयोग ढकाल | मृत्युकालागी ८८ बर्ष भनेको पक्कैपनि अल्पायू /कम उमेर हैन्, तथापि मोहम्मद अब्दुल सतार इधीको कुरा गर्ने हो भने पाकिस्तानमा धेरैले उनलाई अझ बाँच्नुपर्ने र उनको मृत्यु छिट्टै भएको प्रतिक्रिया दिन्छन ।
मोहम्मद इधी एउटा यस्तो नाम हो जो गएको ६ दशकदेखी पाकिस्तानमा निरन्तर निस्वार्थ र गैरराजनैतिक अनि गैर धार्मिक मानविय सहयोग गर्दै आएक समाज र दुखीहरुकालागि आशाको यस्तो त्यान्द्रो थिए कि पाकिस्तान त के सम्पूर्ण बिश्वले अबको सयौं बर्षसम्म इधीलाई बिर्सन सक्नेछैन् । हिजै इधीको निधन भएको छ, आउनुहोस् हाम्रो पात्रोमार्फत् हामी इधीको बारेमा केही जानी राखाैं ।
इधीले सहयोग गरेका र इधीप्रति आश्रीत लाखौं असहायहरुकालागि यो एउटा दुखद् क्षण हो, अाफ्नो सत्कर्म र अनेक निःस्वार्थ मानवीय सहयोगबाट लाखौं मान्छेहरुको अनुहारमा खुशी ल्याउन सफल यी महान समाजसेवी इधी पाकिस्तानमा मात्र नभई विश्व-समाजका लागी एउटा फरक प्रेरणाका श्रोत हुन् ।

आजभन्दा ५० बर्ष अगाडीनै इदीले शुरुवात गरेका इधी फाउन्डेशन आज पाकिस्तानको सबैभन्दा ठूलो च्यारिटी भएको छ, यस मार्फत लाखौँ असाहय र घरबिहिनले जिन्दगी पाएका छन् । पाकिस्तानमा इधी फाउन्डेशनलाई धेरै आदर र सम्मानका साथ लिइन्छ, भइरहने द्वन्द्घ र कोलाहलका कारण धेरैजना बालबालिकक, बुढाबुढीहरु अनेपक्षित रुपमा टुहुरा, बेसहारा र पिडामा पर्नेगर्छन र धेरैको गन्तब्य हुनेगर्दछ इधी फाउन्डेशन ।
भारतका प्रसिद्घ साहित्यकार हरिवशं राय बच्चनले आफ्नो कृती 'मधुशाला'मा लेख्याछन्, "हो यो रात अध्यारोँ र भयानक छ तर बत्ति बाल्न कस्ले रोक्छ र ?" यो भनाई ईधीको जिवनसँग मिल्न जान्छ । पाकिस्तानको लामो संक्रमणकालीन राजनीतिक र द्वन्दमय पृष्ठभुमी, नियमित राजनीतिक उतारचढाव अनि धार्मिक कट्टरपन्थिहरुको दबाब लगायतका अध्यारोँ परिवेशमा पनि इधीले बालेको आशा र सहयोगको बत्तिमा लाखौंले जीवन पाएका छन् । विभिन्न प्रकारका पहिचान र धार्मिक आस्था अनि सामाजिक नियम मान्ने र नमान्ने समुदाय बिच झगडा र हिंसा भइरहने पाकिस्तान जस्तो देशमा पनि इधीले सबै धर्म, वर्ग, जात र समुदायका मान्छेलाई समान सेवा गरेर पाकिस्तानमा समानता र प्रेमको विजारोपण गरेका छन् । उनकालागि समूदाय, देश, धर्म र वर्गभन्दा पनि सम्पूर्ण मानवतानै महत्वपूर्ण र उनले समग्ररुपमा मानव सेवालाई आत्मसाथ गरेका थिए । चाहे त्यो मुसलमान होस या गैर मुसलमान, नास्तीक होस या आस्तीक, इधीको सेवा उस्तै र समान थियो ।
धेरै जनाले इधीलाई पाकिस्तानका मदर टेरेसा या भनौँ फादर टेरेसा भनेर पनि भन्नेगर्थे र उन्लाई आफ्नो सेवाकार्यका लागी बिभिन्न अन्तराष्ट्रिय पुरस्कारहरु जस्तै रोमन म्यागसेसे अनि लेनिन शान्ति पुरस्कार 'निशान ए इम्तियाज'ले पनि सम्मान गरिएको छ । आउनुहोस् इधीका कार्यका चारवटा पक्ष या भनौं समाज सेवाका मेरुदण्डका बारेमा छलफल गरौं ।
उनले स्थापना गरेका सेवाको साम्राज्यको कथा
सन् १९२८ को जनवरी १ मा अहिलेको भारतका पर्ने गुजरातको वान्तवा भन्ने गाउँमा जन्मेका इधीले आफू ११ वर्षको हुँदादेखिनै आफ्नी प्यारालाइसिस (शारीरिक अपांगता) भएकी आमाको हेरचाह र स्याहार गर्ने गर्थे । भारत र पाकिस्तान टुक्रिएपछि इधीको परिवार पाकिस्तानको कराँचीमा बसाइ सरे जहाँ उनको परिवारले एउटा सानो औषधी पसल सञ्चालन गर्यो । त्यसपश्चात् इधीले आफ्नो जीवनलाई अरुहरुको सेवामा यसरी समर्पित गरे कि आफ्नो एकल प्रयासमैं केवल पाकिस्तान मात्र नभई विश्वकै सामाजिक सेवाको मुहार फेर्नेखालका प्रशस्तै उदाहरणहरू प्रस्तुत गर्न सफल भए ।
उनको निःस्वार्थ भावना र मिहिनेतले उनले 'इधी फाउण्डेशन' स्थापना गरे जसमार्फत् विभिन्न बावुआमाले छाडेर गएका २० हजार नवजात शिशुहरुको उद्दार गरे भने ५० हजार भन्दा धेरै टुहूरा बालबालिकाहरूलाई आश्रय दिनुका साथै ४० हजार भन्दा धेरै नर्सहरुलाई औपचारीक तालिम दिएर दिनदुखीहरूको सेवाकालागि परिचालन गर्नभ्याए । 'इधी फाउण्डेशन'ले पाकिस्तानमा भोजनगृह, पुर्नस्थापना केन्द्र, महिला र बालबालिकाकालागी संरक्षण केन्द्र र मानसिक अपांगता भएकाहरूकालागी स्वास्थ्य क्लिनिकहरु व्यवस्थापन गरेको छ ।
गज्जबको कुरा त के छ भने संसारको सबैभन्दा छिटो र ठूलो एम्बुलेन्स सेवा प्रदान गर्दछ जस्मा १५०० वटा एम्बुलेन्सले २४ सै घण्टा सेवा प्रदान गर्दछ । 'इधी फाउण्डेशन'को निःशुल्क नर्सिङ्ग होम सेवा, अनाथ र महिला संरक्षण केन्द्र लगायत थुप्रै स्वास्थ्य र संरक्षण क्लिनिकहरु पाकिस्तानमा सक्रिय रहेको छ । एकजना व्यक्ति इधीको अथक प्रयास र समर्पणबाट समाज सेवाको अवधारणा सत्य सावित भएका यी उपलब्धिहरुले इधीलाई संसारको आँखामा एउटा महापुरुष बनाएको छ । आजको दिनमा इधी फाउण्डेशनका सेवाहरु अन्तराष्ट्रिय रुपमा अमेरिका, अफ्रिका, मिडल इस्ट र पूर्वी यूरोपसम्म विस्तारित छ ।
प्रेरक इदीको जीवनमा अाधारीत भिडियो डकुमेन्ट्रि
धेरैपटक इधीलाई किन हिन्दू र क्रिस्टियनहरुलाई पनि एम्बुलेन्स सेवा दिएको भनी आलोचना गरिँदा उनले यो एम्बुलेन्स र त्यसले दिने सेवाले तिमीले जस्तो धर्म र जातका आधारमा भेदभाव गर्दैन भनि उत्तर दिएका थिए । इदी धेरैजसो भन्नेगर्थे, "यदि सामाजिक भावका कार्यहरुमा भेदभाव गरिने हो भने ती निःस्वार्थ कार्यहरु महत्वहीन हुन्छन् ।"
संसारका यी हिरो इधीले कहिलेपनि एयर कन्डीशन भएको कार्यलय या चिल्ला गाडीको हेक्का राखेनन र प्रयोग समेत गरेनन ।
यदि संसारको भिडसँग कुरा गरेर नेतृत्व लिन चाहन्छौ भने सकेसम्म राजासँग हिँड् र आफ्ना पाइलाहरुमा सामान्यपना नगुमाउ भन्ने भनाइजस्तो इधीले सामान्य मान्छेका रुपमा दुईकोठे आफ्नो सामान्य वासस्थानमा बसेपनि राजाले जस्तो असामान्य र अठोटी काम गरेर एउटा सम्पूर्ण उदाहरण दिएर गएका छन् ।
नेपालमा पनि समाज सेवा र सेवकहरुको कमी छैनन, पाइलै पिच्छेका गल्लिहरुमा गैरसरकारी संस्था र सामाजिक अभियन्ताहरु छन्, के हामीले पनि इधीलेजस्तो धारण अवलम्बन गर्न सकेका छौँ ? चाहिएका र साँच्चैका खाँचोमा परेका ब्यक्ति र समूदायहरुले सेवा पाएक छन् कि छैनन ? यो एउटा आत्मसाथ गर्नुपर्ने कुरा हो । इधीले देखाएका आशाका पथहरु अध्याँरोमा पनि धपधपी बलुन र सबैलाई बाटो देखाउन ।
"जन्नत अर्थात स्वर्गमा वास होस् इधी"