
प्रिय प्रयोगकर्ताहरु,
प्रेम दिवस (भ्यालेन्टाइन) को यो विशेष महिनामा यहाँहरुका प्रेमिल गफहरुमा, सन्देशहरुमा तथा आफ्ना आफन्त, विशेष कोही, प्रियजनहरुलाई तपाईंको माया, प्रेम अभिव्यक्त गर्न थप सहज होस् भनेर हामिले विभिन्न मायालु सन्देशसहितका नयाँ स्टिकरहरु तथा आकर्षक नयाँ प्रेममय थिमहरु थपेको जानकारी गराउदछौं।
तपाईंले शब्दबाट अभिव्यक्त गर्न नसकेका कुराहरु हाम्रो स्टिकरमा समावेश विभिन्न प्यारा नेपाली पात्र तथा सिम्बोलअंकित स्टिकरहरुले सजिलै अभिव्यक्त गरीदिनेछन् । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर तपाईंहरुले यी स्टिकरहरु प्रयोग गर्न सक्नुहुनेछ । साथै, हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर तपाईंहरुले आफूलाई मनपरेको प्रेमिल थीमहरु छान्न सक्नुहुनेछ भने आफुले चाहेको तस्वीरलाई थीम समेत बनाउन सक्नुहुनेछ। किबोर्डमा थीम परिवर्तन गर्न वा आफुले चाहेको थिम राख्न हाम्रो नेपाली किबोर्डको माथि देव्रे कुनामा रहेको आइकनलाई थिच्नुहोस्। 
हाम्रो किबोर्डमा थपिएका नयाँ स्टिकर, थीमहरु र हाम्रो पात्रोका नयाँ इकार्डहरुलाई यहाँहरुले अत्याधिक माया दर्शाउनु हुनेछ भन्ने आशा गर्दछौं। कुनै सुझाव अथवा प्रतिक्रियाहरु छन् भने कृपया कमेन्ट गर्नुहोला ।
यसका साथै हाम्रो पात्रोमा प्रेमदिवस विशेष इकार्डहरु समेत उपलब्ध छन् ।
विश्वभरि छरिएर रहेका नेपालीजन तथा नेपालीभाषीहरुमा प्रेममय फेब्रुअरीको यो प्रेमिल महिनाले माया, सद्भाव तथा अपनत्वका हरेक सम्बन्धहरुमा सुवास छर्न सकोस् हाम्रो नेपाली किबोर्डको तर्फबाट शुभकामना ।
हाम्रो नेपाली किबोर्ड यहाँबाट राख्नुस्: https://play.google.com/store/apps/details?id=com.hamrokeyboard