Suyog Dhakal · May 14, 2017
निलो रगंमा मत हालेको लोगो को मुनी यो समय स्थानीय निर्वाचन २०१७ मा मतदान गर्ने समय हो भनेर मत हाल्न झक्झक्याउने फेसबुकको यो सन्देशकालागि आम नेपालीका तर्फवाट धेरै धेरै साधूवाद ।
संसारभरि अत्यन्त प्रचलित सामाजिक सञ्जाल फेसबुक जसमा संसारभरिका अरबौँ प्रयोकर्ताहरु रहेका छन्, तपाईहामी मध्ये अधिकांशले फेसबुक चलाँउछौ हैन र ?
यसै अन्तराष्ट्रिय कम्पनी फेसबुक जसले विभिन्न समयमा अन्तराष्ट्रिय घटनाक्रमलाई आफ्ना प्रयोगकर्तासमक्ष विभिन्न तवरले एउटा सामाजिक आह्वान गर्ने गर्दछ । फ्रान्समा भएको बम बिष्फोटदेखि नाईजेरियाका बालिका अपहरणका घटनासम्म अनि तेश्रो लिङ्गीहरुको अधिकारकालागि फेसबुक नियमित सामाजिक दायित्वको अभियानमा लागीपरेको हुन्छ । चाहे प्रोफाईल फोटोको रङ्ग बदलिने सुविधा होस् या सुन्तला रङ्गको प्रोफाईल फोटो बनाउने क्रम होस्, प्रे फर फलाना देश भन्दै पनि फेसबुकले लहर चलाउँदै अाएको छ ।
नेपालको स्थानीय निर्वाचनलाई आज जनाऊ गर्दै फेसबुकले नेपाली प्रयोकर्ता समक्ष यस्तै एउटा अभियान ल्याएको छ, तपाईको फेसबुकमा पनि देख्नुभयो होला ।
निलो रगंमा मत हालेको लोगो को मुनी यो समय स्थानीय निर्वाचन २०१७ मा मतदान गर्ने समय हो भनेर मत हाल्न झक्झक्याउने फेसबुकको यो सन्देशकालागि आम नेपालीका तर्फवाट धेरै धेरै साधूवाद ।
हामी पनि सोध्छौं, भोट हाल्नुभयो त ?
----
सुयोग ढकाल