Suyog Dhakal · May 14, 2017
मनाँङ्गवाट यसपालाको स्थानीय निर्वाचनको मत परिणामको खाता खोलिएको छ, हिमाली जिल्ला मनाङबाट नेपाली काँग्रेसले मत अग्रता हाँसिल गर्न सुरु गरेको छ। निर्वाचन अधिकृत श्याम सुन्दर अधिकारीले दिएको जानकारी अनुसार नेपाली काँग्रेसकी अनिता लामा र नेकपा एमालेका लोकेन्द्र बहादुर घलेको निकट प्रतिस्पर्धा रहेकोमा नपाली काँग्रेसकी अनिता लामा विजयी भएकि छिन ।
त्यसैगरि ललितपुर, नवलपरासी र रसुवामा पनि मत गणना कार्य थालिएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिकामा पनि मत गणना सुरु भएको छ। आईतबार भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा काठमाडौंबाट मतगणना सुरु गर्नेमा पहिलो चन्द्रागिरि र दोस्रो कीर्तिपुर नगरपालिका बनेको छ।
ताजा परिणमहरुका लागी हेर्दै रहनुहोस्, हाम्रो पात्रो ।