कमल कुवँर · Nov 28, 2016

हिजो सम्म
मुक्तक
Tap to listen
हिजोसम्म तिम्रो भनी बाचा कसम गर्ने ले
तिम्रो बाहेक अरुको हुने छैन भनी मरी मेट्ने ले
आज मलाई बेहोस बनाई बिष पिलाई अरुसँग गई
गरिबको झोपडीमा बसी चोखो माया गर्थे किन निष्ठुरी भई
खै कसलाई भनु कसलाई सोधु यहाँ पापीनीको चरीत्र
उसकै यादमा जल्दै छ मेरा हरेक सपनाहरू दिल भित्र
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|