खास बात हुन्छSushma pandey · Jan 2, 2024केहि न केहि त दुबैमा खास बात हुन्छ।नत्र कहाँ यत्तिकै माया अकस्मात हुन्छ।अब कति माया गर्छौ भनेर नसोध प्रिय,नदेखे तिमीलाई मलाई हृदयघात हुन्छ।मुटुमा छु याद आउदा मुटु छाम्नुभन्थ्यौ,आजकल सँधै छातीमा एउटा हात हुन्छ।