विमल बाबु अर्याल · Nov 14, 2017

सडक भरी मुटुहरु
गजल
Tap to listen
सडक भरी मुटुहरु मैले दुखेको देखे॥
मेरै अघि र मेरै पछि दिल टुटेको देखे॥
दोपहरको धुपमा बुढी आमालाइ भेटे,
हाडी भित्र मकै र भटमास भुटेको देखे॥
सुनिन्छ शहरमा क्रान्ती बढीरहेकै छ'रे,
क्रान्तीकारी ले गाँउभर लुटेको देखे॥
दिलमायाको दिलमा कोपीला फुल्दैथ्यो,
रातभर झरीबर्षा असिनाले चुटेको देखे॥
अतृप्त सपनाहरु आँखाभरी भिजीरहेछन्,
तृप्त नभै तिम्रा पाइलाहरु छुटेको देखे॥
मेरै अघि र मेरै पछि दिल टुटेको देखे॥
रातभर झरीबर्षा असिनाले चुटेको देखे॥
--------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |