Suyog Dhakal · Mar 25, 2018
प्रेमलाई पर्दाम राखेर सर्मपण लाई उजागर गरेको ईतिहासले सीताराम को प्रेम कथालाई न्याय भनें दिन नसकेकै हो ।
जनकपुरधामको बगैंचामा अयोध्या वाट घुम्न पुगेका राम अनि मिथिला राज्य कि राजकुमारी सीता को बिवाहका प्रसंग र कारणहरु लाई धर्नुबिधा अनि केवल संयोगका रुपमा सनातन धर्म अनुयायीहरुले लिनु भ्रम या अर्धसत्य मात्र हो । राम र सीता बिचमा प्रथम देखादेख बगैंचामा भएको बताइन्छ अनि आजभोलीका चलचित्रमा झैं लभ एट फस्र्ट साइट झैं यि दुई सुकुमार प्रेमीहरु प्रेमसमबन्धमा परिसकेको भनक बाल्मीकि रामायण दिन्छ ।