Suyog Dhakal · Mar 28, 2018
सनातन संस्कार एउटा दर्शन हो जहाँ धर्मलाई गौंड विषयमा हेरिन्छ । विश्वले सनातन संस्कार र दर्शनबाट शान्तिको मार्ग पहिल्याउन सकोस् ।
भारतवर्ष अहिलेको इरान अर्थात पर्सिया संग अत्यन्त निकट रहेको छ । पर्सीयन राजा द्वारा साइकोसले सन् १६६७ मा वेद, उपनिषद् लगायतको पर्सीयन अनुवाद गरेको इतिहास छ । पश्चिमाहरुले पूर्वीय सभ्यता अनि रहनसहन बुझ्न पर्सीयन भाषा र सम्बन्ध प्रयोग गरेको भने प्रशस्तै उदहारण छ । युरोप र पर्सिया उ बेला देखि अत्यन्त निकट थिए । द्वारा साइकोसको पर्सीयन अनुवादलाई एकजना फ्रेन्च अनुवादकले ल्याटीन भाषामा अनुवाद गरेको इतिहास डाक्टर नेरिया हेब्बरले आफ्नो शोधमा उल्लेख गरेको हामीले पायौं ।