
दानको अर्थ आधुनिक यूगमा फरक परिवेशमा लिइएको छ, दिनदुख्खी र निरिह मान्छे या प्राणीलाई मद्धत गर्नु लाखौं यज्ञभन्दा पनि बढि फलदायी हुने गर्दछ ।
मलमास भनिएक कारणले आफ्नो स्वामित्वको खोजी गर्दै अधिकमासले बिलौना गरेपछि अधिकमासको स्वामित्व भगवान बिष्णु स्वयले लिएको रोचक कथा छ । श्रीकृष्ण स्वयमले मलमासलाई आफ्नो हरेक गुणले भरिपूर्ण गरिदिने वचन दिएका कारणले मलमास बिशेष मानिन्छ