ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Apr 10, 2019
शुक्रका कारण जनता सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ । राज्यका सबै ठाउँमा यज्ञयज्ञादि आयोजना हुनेछन् । बुधको ग्रहगोचरका कारण सौन्दर्य प्रसाधनका सामग्रीहरु, फेसन डिजाइनका वस्तुहरु, रत्न सुन, शङ्ख , पानि लगायतका वस्तुहरुको मुल्यवृद्दि हुन्छ ।
वि. सं. २०७६ सालमा विरोधकृत् नामको संवत्सरको समाप्तिसँगै परिधावी नामक संवत्सरको प्रवेश हुने भएको छ । हाम्रो नेपाललाई पर्ने प्रभाव र यस बर्षको ग्रहगोचर लाई विचार गर्दा परिधावी नामको संवत्सरमा परस्पर विरोधी भावले युक्त, शाशकवर्गमा कलह, शासकहरु सानातिना कुरामासमेत झै झगडाकोलागि तत्पर हुनेछन् र राजनेताहरूको आन्तरिक द्वन्दको कारणले जनताले दु:ख पाउनेछन् । मध्ये पश्चिम नेपालमा प्राकृतिक विपत आउन सक्छ ।