Suyog Dhakal · Apr 3, 2018
भएका राम्रा संस्कारको उपयुक्त कारण दिन नजान्नाले विश्वास नलाग्ने किसिमका कारणहरु दिँदै बालबालिकामाथि त्यस्ता संस्कारहरु लाँद्न खोजे, अवश्य पनि ती संस्कार टिक्न सक्दैनन् ।
नेपाल धर्मनिरपेक्ष राष्ट्र हो । हिन्दू धर्मको बाहुल्यता भएपनि सबै धर्मलाई उत्तिकै महत्व दिनुपर्ने देखेर नेपालले धर्मनिरपेक्षको बाटो रोजेको हो । हामीमध्ये धेरै हिन्दू त छौँ तर हिन्द्र धर्मको संस्कारलाई बिस्तारै त्याग्दै गइरहेका छौँ । सानो छँदा मन्दिरमा घण्टी किन बजाउनुपर्छ भनेर आमालाई सोध्दा, आमासँग यसको जवाफ थिएन । बुवाले हामी हिन्दू हो, मन्दिरमा हिन्दूहरुले घण्टी बजाउनुपर्छ त भनिदिनुभयो तर चित्त बुझ्दो जवाफ पाइएन । मन्दिर जाँदा घण्टी बजाउने गरेपनि म आपैmँ अनुत्तरित छु, म घण्टी किन बजाउँछु भन्नेबारे ।