ज्यो. पं. मुकुन्द शर्मा · Dec 16, 2019
वर्तमान समयमा सबैले महालक्ष्मीको कृपा आफूप्रति रहिरहोस् भन्ने चाहन्छन् किनभने जसलाई महालक्ष्मीजीको कृपा प्राप्त हुन्छ उसलाई सुख सुविधा सबै उपलब्ध हुन्छ l प्रत्येक व्यक्तिले लक्ष्मीजीलाई कसरी प्रसन्न पार्ने भने चाहना रहिरहेको हुन्छ l धार्मिक वा नैतिक मान्यता अनुसार हिन्दू धर्मग्रन्थमा लक्ष्मी प्रसन्न भएर धनवर्षा गराउने र लक्ष्मी रिसाएमा आर्थिक कारोवार बिग्रने वा महालक्ष्मी रिसाउने दुबै नियमहरु बताइएको पाइन्छ l