ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Oct 20, 2023
जयन्ती मंगला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तु ते ।।
'कलौ चण्डी विनायकौ' उक्ति अनुसार कलियुगमा चण्डी-दुर्गा र विनायक-गणेशजी प्रधान एवं प्रथम पुज्य छन् अत: जगत् जननी माता दुर्गाभवानी धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थ प्रदान गर्ने देवीको रूपमा विद्यमान हुनुहुन्छ । अखिल ब्रह्माण्डनायिका मातेश्वरी श्रीदुर्गा भवानी परमेश्वरको प्रधान शक्तिहरू मध्येको एक हो ।
