
चन्द्रग्रहणका समयमा पृथ्वी अनि जिवहरुमा चन्द्रको प्रभाव तीब्र रुपमा चलिरहेको हुन्छ । २८ दिन लगाउने चन्द्रको परिक्रमा चक्रका समग्र असरहरु पृथ्वीमा यहि ग्रहणको २ या ३ घण्टा भित्र भइसक्नेहुन्छ ।
पृथ्वीमा यस ग्रहणको समयमा धेरै कुराहरु हुन्छन्, धेरै कुरा नदेखिने जस्ता भएकाले प्रभाव शुन्य मानिन्छ जून गलत हो । आफ्नो प्राकृतिक अवस्था गुमाएका बस्तु या जिवहरु द्रुत गतीमा स्वरुप त्याग गर्दछन् । त्यसैकारणले काँचो तरकारीहरुमा खासै परिवर्तन नभएपनि पकाएका तिनै तरकारीहरुको स्वरुपमा अनि अवस्थितीमा परिवर्तन हुन्छ । खानेकुराका प्राकृतिक पोषण अवयवहरु ग्रहण पश्चात बिषमा परिवर्तन पनि हुन सक्दछन । हानीकारक बिषका रुपमा तत्कालै असर नदेखाएपनि ग्रहणपश्चातका समयमा पकाएका भोजनको प्राकृतिक गुणहरुमा ह्रास आँउछ ।