Suyog Dhakal · Feb 11, 2018
हेमानन्द गिरी महामण्डलेश्वर अर्थात धेरैवटा अखाडाकी प्रमुख रहेकी छन् । उनी पूर्वी नेपालको वैदिक सूर्य शिवालयमठ गौरीगञ्ज, झापाकी प्रमुख हुन् । हिमालयका गुफाहरुमा लामो समय सम्म बसेर तपस्या गरेकी हेमानन्द वेद र वेदान्तमा खारिएकी प्राज्ञको रुपमा प्रख्यात छिन् ।
वैदिक सनातन हिन्दु धर्मको सर्वोच्च गुरुको इतिहास शंकराचार्यसंग जोडिएको छ। यस वर्ष भने शंकराचार्यको पदमा नेपाली चेली हेमानन्द गिरीलाई पनि भारत धर्म महामण्डल एवं काशी विद्वत परिषद्ले भारत उत्तराखण्डको बद्रीकाश्रम ज्योतिर्पीठको शंकराचार्य छनौट प्रक्रियाको अन्तिम चरणसम्म लिएर गएको छ ।