ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Nov 15, 2019
शनि ग्रह (Saturn) सौर्यमण्डलमा सबै भन्दा सुस्त गतिमा हिड्ने 'शनै शनैश्चरति इति शनैश्चर' (slow-moving) ग्रह भनेकै शनि हो । सौर्यमण्डलमा सूर्यबाट छैटौं ग्रहको रूपमा अवस्थित एउटा ग्यासको पिण्ड gas giant हो, जसमा ग्यास नै ग्यास रहेको छ, यसमा ठोस सतह नै छैन । यसको वरिपरी तिन ठुला ठुला ग्रहीय चक्रहरू घुमिरहेको देख्न सकिन्छ, जुन बरफ र खनिज चट्टानले युक्त्त छ । शनि ध्रुव तिर चेप्टो र भुमध्यरेखातिर फैलेको छ किन भने यो एकदम तिब्र गतिले घुम्दछ ।