ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Jul 27, 2018
२१औं शताब्दीको सबैभन्दा लामो यो खग्रास चन्द्रगहण नेपाल, भारत, एशिया, अस्ट्रेलिया, रुस, युरोप लगायत केहि अफ्रिका र उत्तरी अमेरिका सहित विश्वका अधिकांश ठाउँबाट देखिनेछ । यो चन्द्रग्रहणलाई ब्लडमून पनि भनिएकोछ, केहि समय तामा जस्तै रातो र केहि समय पुरै रातो देखिने भएकाले यस खग्रास चन्द्रग्रहणलाई ब्लडमून भनिएको हो, यस्तो संयोग १०० वर्षभन्दा पछि आएको हो ।