ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Feb 28, 2020
हाम्रो नेपाली समाजमा नयाँ जोड़ीहरु बाधिने दिन भनेको शुभ विवाहको दिन हो, तर यो वर्ष त्यो विवाहको शुभ साईतहरु भने निक्कै काम रहेको छ । विशेषगरी विवाहको लग्न निकाल्दा तिथि बार नक्षत्र योग र करण आदी मिलाएर मात्र विवाहको साईत निस्कने हुन्छ । यसका अतीरिक्त देवगुरु वृहस्पति र दैत्य गुरु शुक्र ग्रहलाई विशेष ख्याल गरी उदय भएको बेलामा मात्र विवाहको साईत निस्कने हुन्छ । जून की यो वर्ष जेठ महिनामा र वर्षको उतरार्ध माघ र फाल्गुनमा अस्त भएको कारणले यो वर्ष विवाहका साईतहरु निक्कै कम हुन गएको हो ।