ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Aug 18, 2020
कुश हामी वैदिक सनातनीहरूलाई मात्र नभई कुशको धार्मिक, आयुर्वेदिक र वैज्ञानिक महत्त्व भएको बहु उपयोगी वनस्पति हो । देवकार्य होस् या पितृकार्य जन्म देखि मृत्युसम्म कुशको प्रयोग अनिवार्य हुन्छ । कुशको वैदिक परम्परादेखि नै ठूलो महत्त्व रहेको छ र वर्तमान समयमापनि Eragrostis cynosuroides वैज्ञानिक नामले चिनीने कुशलाई वैज्ञानिक हरूले अनुसन्धान र निष्कर्ष निकली सकेकाछन् ।