
जनकपुरधामको बगैंचामा अयोध्या वाट घुम्न पुगेका राम अनि मिथिला राज्य कि राजकुमारी सीता को बिवाहका प्रसंग र कारणहरु लाई धर्नुबिधा अनि केवल संयोगका रुपमा सनातन धर्म अनुयायीहरुले लिनु भ्रम या अर्धसत्य मात्र हो ।
बाल्मीकि रामायणको अध्ययन पश्चात म निष्कर्षमा पुगें, यो हो नि त प्रो भनेंको । सीतारामको कथालाई बिवाह संग हैन प्रेम संग बढि जोडेर हेरिन जरुरी छ । रामायणको तुल्सीदास अनि बाल्मीकि दुबैको पुस्तकहरु पाइन्छ, तुल्सीदासको रामायणलाई धेरै सम्म बिचारप्रधान लेखनका रुपमा लिइन्छ भनें बाल्मीकिको रामायण लेखनलाई यर्थाथ चित्रणका रुपमा लिइएको छ ।
हजारौं बर्षअघिका यि प्रसंगलाई यिनै पुस्तकहरु ले नै त हामीमाझ जिवीत राखेका छन नि हैन त ?