ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Oct 20, 2023
नवरात्रको आठौँ दिन महागौरी स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दु¬र्गा, आफ्नो आठौँ स्वरूपमा महागौरीको नामले प्रसिद्ध हुनुहुन्छ । पौराणिक कथा अनुसार वहाँको आयु आठ वर्षकी बालिकाको जस्तै छ, वहाँको स्वरूप अत्यन्त मनोहर, सुन्दर तथा दिव्य छ, देवी महागौरी शंख, चन्द्र इत्यादि जस्तै पूर्णतः गौर वर्णकी हुनुहुन्छ ।
