ज्यो.पण्डित नारायण प्रसाद दुलाल · May 10, 2018
"म आफ्नो जुन गुणको कारणले वेदमा, लोकमा र शास्त्रमा पुरुषोत्तम नामले प्रसिद्ध छु, त्यसै प्रकार मलमासपनि ‘पुरुषोत्तम’नामले प्रसिद्ध हुनेछ र म स्वयम् मलमासको स्वामी हुनेछु ।” भन्दै यसरी अधिक मासको अधिपत्य स्वयम् भगवान् पुरुषोत्तमले स्वीकारगरी नेतृत्व गरेकाले यो महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ ।
ज्योतिष विज्ञानका अनुसार सूर्यको गतिलाई आधार मानि गणना गरिने वर्षलाई सौर्यवर्ष भनिन्छ र यो सौर्यवर्षको मान ३६५ दिन १५ घडी २२ पला र ५७ विपला हुन्छ । जबकि चन्द्रमाको गतिको आधारमा गणना गरिने वर्षलाई चान्द्रवर्ष भनिन्छ । चाद्रवर्ष ३५४ दिन २२ घडी १ पला र २३ विपलाको हुन्छ ।