
शास्त्रहरुमा नै ऋषितर्पणी पूर्णीमाका दिन गरिने विशेष कार्यहरु कुनै कारणवस उक्त दिन गर्न नमिलेमा नजिकैको शुक्ल पञ्चमीका दिन गर्नु पर्छ भन्ने कुरा स्पष्ट उल्लेख छ । यसै कारण शास्त्रोक्त विधान अनुसार यस पटकको ऋषितर्पणी पूर्णीमाका दिन गरिने रक्षावन्धन तथा यज्ञोपवितधारण जस्ता विशेष कार्यहरु यस पूर्णीमा भन्दा केहिदिन अगाडि पर्ने पवित्र श्रावण शुक्ल पञ्चमी अर्थात नागपञ्चमीका दिन गर्न उपयुक्त हुने भएकाले नागपञ्चमीकै दिन ऋषितर्पण, रक्षावन्धन तथा यज्ञोपवितधारण जस्ता कार्यहरु गर्नु पर्छ भनि सर्वत्र उल्लेख भएको हो ।

एकैदिन परेको नागपञ्चमी तथा जनै-पूर्णिमाबारे
विशेष अडियो जानकारी
Tap to listen
तर, यस पटकको रक्षावन्धन तथा यज्ञोपवितधारण ऋषितर्पणी पूर्णीमाका दिन नगरी नागपञ्चमीका दिन गर्ने भन्ने कुराले आम जनमानसमा यो कसरी हुनगयो भनी जिज्ञासा उत्पन्न हुनु स्वभाविक हो ।
कतिले त पूर्णीमा र पञ्चमी विलकुलै फरक फरक तिथिहरु एकै दिन कसरी पर्न सक्छन् ? यो असम्भव कुरा हो भन्ने तर्क समेत राख्नु भएको छ ।