ज्योतिषाचार्य पुरुषोत्तम घिमिरे · Jan 25, 2020
ज्योतिष शास्त्रले तेस्रो आँखाको कार्य गर्दछ । कुनै पनि जातकको जन्म कुण्डलीमा रहेका द्वादश भाव एवं नवग्रहको अवस्थाका आधारमा जातकको अवस्था निर्धारण गर्न र भविष्यको जानकारी गर्नको लागि ज्योतिषीय समाधान गर्ने गरिन्छ । कुनै पनि जातकको जन्म कुण्डलीमा ग्रह राम्रो भावमा अबस्थित हुदैमा राम्रो नहुन पनि सक्छ । ग्रह कुन भाव भन्दा पनि कुन ग्रहको घरमा कुन अवस्थामा अवस्थित छ भन्ने कुरा महत्त्वपुर्ण हुन्छ । ग्रहका विभिन्न अवस्था रहेका हुन्छन् ति अवस्थाको वारेमा जान्कारी प्राप्त गर्नु ज्योतिष जिज्ञासुका लागी अति आवस्यक रहन्छ ।