ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Oct 20, 2023
नवरात्रको पाँचौं दिन स्कन्दमाता स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो पाँचौं स्वरूपमा स्कन्दमाता नामले प्रसिद्ध हुनुहुन्छ । शिव तथा पार्वतीका पुत्र कुमार या कार्तिकेयको अर्को नाम स्कन्द हो । पौराणिक कथा अनुसार देवासुर संग्राममा देवताहरूको सेनापति स्कन्द हुनुहुन्थ्यो र स्कन्दले नै दैत्य(पति तारकासुरको वध गर्नुभएको थियो ।