ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Oct 20, 2023
नवरात्रको चौथो दिन कुष्माण्डा स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो चौथो स्वरूपमा कुष्माण्डा नामले प्रसिद्ध हुनुहुन्छ । ब्रह्म या अण्डलाई उत्पन्न गरेको कारण वहाँलाई कुष्माण्डा नामले चिनिन्छ । तीन नेत्रले युक्त देवी आफ्नो मस्तकमा अर्ध चन्द्र धारण गर्नेवाली, अष्ट भुजाहरूले युक्त, एवं आफ्नो भुजाहरूले नाना प्रकारको आभूषण धारण गर्ने, देवी कुष्माण्डा आफ्नो भुजाहरूमा चक्र, गदा, कलश, जप माला, कमण्डलु, धनुष, बाण तथा कमल पुष्प धारण गर्नुहुन्छ ।
