ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Oct 20, 2023
नवरात्रको पहिलो दिन शैलपुत्री स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो प्रथम स्वरूपमा शैलपुत्री नामले विख्यात हुनुहुन्छ । पर्वत(राज हिमालयको घरमा पुत्रीको स्वरूपमा जन्म लिएको कारण शैलपुत्री नाम रहन गएको मानिन्छ । शैलपुत्री शब्द दुईवटा शब्दबाट बनेको छ, पहिलो शैल र दोस्रो पुत्री मिलेर शैलपुत्रीशब्द निर्माण भएको हो । हिमालय राजा शैलकी पुत्री शैलपुत्री मस्तकमा अर्ध चन्द्र, नाना आभूषण, मुकुट इत्यादि धारण गरेकी एवं अत्यन्त मनोहर स्वरूपमा सजिएकी देवीको वाहन वृष अर्थात् साँढे हो ।
