
ज्योतिष शास्त्र अनुसार कुनै पनि ग्रह एक राशिबाट अर्को राशिमा जाने क्रमलाई नै संक्रान्ति भनिन्छ । तर यहाँ अन्य ग्रहहरूको बिम्ब सानो हुने भएकाले संक्रान्ति काल वा समय अत्यन्त थोरै रहन्छ । यसकारण अन्य ग्रहहरूको संक्रान्तिको प्रचलन नरहेर सूर्य संक्रान्ति महत्त्वपूर्ण एवं प्रसिद्ध छ । सूर्यको बाह्र संक्रान्ति मध्ये मेष संक्रान्ति (बैशाख संक्रान्तिबाट नै नेपालीहरूको नयाँ वर्षको आरम्भ हुने र सूर्य ग्रह मीन राशिबाट मेष राशिमा जाने भएकाले यसलाई मेष विषुवत् संक्रान्ति भनिन्छ ।