
विक्रम संवत २०७७ साल अर्थात् श्रीशालिवाहनीय शाके १९४२ ईस्वीय सन् २०२०-२०२१ र नेपाल संवत ११४०-११४१, प्रमादी नामको संवत्सर रहेको यस वर्षमा राजा बुध र मन्त्री चन्द्रमा रहेका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले ज्योतिषशास्त्र र धर्मशास्त्रका विद्वान तथा अन्य विज्ञजनहरूलाई आमन्त्रण गरी उहाँहरूको सल्लाह तथा सुझावअनुरुप तयार गरिएको पञ्चाङ्ग निर्णयक समितिद्वारा निर्णय गरिएको मुख्य तिथिमितिहरू जस्तै औँशी, पूर्णिमा, एकादशी तथा अन्य चाडपर्व, मेला, उत्सव आदिको निर्णयलाई आधार मान्दै २०७७ सालभित्र जम्मा १३ वटा औंसी, १२ वटा पूर्णिमा, २५ वटा एकादशी र एउटा खण्डग्राससूर्यग्रहण रहेको छ ।