
विधर्मीहरुको आक्रमणबाट जब बैदिक सनातन धर्ममा संकट आइपर्थ्यो तब तब भगवत गीता को आफ्नो बचन पूरा गर्न भगवान स्वयम सन्तको रुपमा पृथ्वी तलमा प्रकट भै बैदिक सनातन धर्मको व्याख्या र प्रचार प्रसार गरी धर्म बचाउने काम गर्नुभयो । जुन जुन सन्तको रुपमा भगवानले धर्मरक्षार्थ आफूलाई प्रस्तुत गर्नुभयो ती ती सन्तहरुनै जगद्गुरुको रूपमा प्रतिष्ठित हुनुभयो ।