ज्यो. प. चेतनारायण लामिछाने · Dec 19, 2019
हाम्रो वैदिक सनातन धर्मको मूल आधार वेद हो । व्याकरण शास्त्रका अनुसार वेद शब्द विद् धातुबाट बन्दछ । विद् धातु सत्ता, विचारण, लाभ र ज्ञान अलग अलग अर्थमा रहेको छ । तथापि समग्रमा यी धातुको अर्थको अर्थलाई केलाएर हेर्दा धर्म, अर्थ, काम, मोक्ष चतुर्विध पुरुषार्थ प्राप्तिसँग सम्बन्ध देखिन्छ । यसरी हेर्दा वेद ज्ञान हो, ज्ञानको साधन हो, मानवमात्रलाई मानवीय कर्ममा लगाउने कानुनजस्तो पनि हो, जिउनका लागि आवश्यक शिक्षा हो, मर्न सिकाउने मास्टर पनि हो । मोक्षमार्गको सिँढी पनि वेद हो ।