ज्यो पं घनश्याम पोख्रेल · Jan 3, 2020
प्रेम एउटा स्वभाविक मानवीय गुण हो । जीवनको कुनै मोडमा विपरीत लिङ्गप्रति आकर्षण बढ्ने र आफ्नो मनमा अनेक तर्कहरू आउन सक्दछ । धेरै नै प्रयास र धेरै कर्म गर्दा पनि प्रेमजीवन असफल र निराश भएको देख्न सकिन्छ । प्रेममा जति सुकै त्याग गरे पनि, तपस्या गरे पनि मान्छेलाई प्रेम हातमा नपर्न सक्दछ । आफ्नो प्रेम किन अगाडि बढ्न सकेन भन्ने कुराको बारेमा पनि कुन्डलीमा ग्रहको आधारमा विश्लेषण गर्न सकिन्छ । आफ्नो जन्म कुण्डली र भाग्य अनुसार प्रेमको योगहररू अनुमान गर्न सकिन्छ ।