ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Sep 5, 2019
प्रकृति प्रदत्त एक अनमोल वस्तु रत्न हो । रत्न शब्दको शाब्दिक अर्थ हुन्छ श्रेष्ठता । पृथ्वीको सतहमा पाइने ठोस तथा प्राकृतिक खनिज पदार्थ नै रत्न हो, यस्तो रत्न दुई प्रकारको हुन्छ- खनिज र जैविक । चटान, भूगर्भ, समुन्द्र आदिमा प्राप्तहुने खनिज रत्न हो भने अर्कोचाँही जीवबाट निस्कने रत्न जसलाई जैविक वा वंशलोचन भनिन्छ ।