ज्यो.पण्डित नारायण प्रसाद दुलाल · May 15, 2018
शनिदेवलाई न्यायप्रिय राजा मानिन्छ । स्कन्दपुराणको काशीखण्डमा वर्णित कथाअनुसार एकदिन सूर्य तथा छायापुत्र शनिले आफ्नो पिता सूर्यसँग प्रार्थना गरेर भने म यस्तो पद प्राप्त गर्न चाहन्छु सम्पूर्ण चराचरजगत् तथा नवग्रहहरू मध्ये सबैभन्दा शक्तिशाली एवं उच्च पद प्राप्त गर्न सकौं जुन पद अहिलेसम्म कसैलेपनि प्राप्त गर्न सकेका छैनन ।
ज्येष्ठकृष्ण औंशीको दिन शनि जयन्तीको रुपमा मनाउने गरिन्छ । मानिन्छ कि यसदिन शनिदेवको पूजा एवम् आराधना गर्नाले सम्पूर्ण शनिको ग्रहजन्य दुश्प्रभाव र अशुभफल नासभई मनोवाञ्छित शुभफल मिल्ने शास्त्रीय कथन छ । जो जातक शनिको दुष्प्रभावले अनेकौं समस्या झेलिरहेकाछन् उनीहरुकोलागि शनि जयन्ती कल्याणकारीअनि रामबाण सिद्ध हुनसक्दछ ।