
काँची पीठका शंकराचार्य जयेन्द्र सरस्वतीको निधन भएको छ । वहाँलाई श्वासप्रश्वास समबन्धी समस्याका कारणले अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा ८३ बर्षका शंकराचार्य सरस्वतीको देशान्त भएको हो ।
वहाँलाई रुढिवादीको बिरोध गर्दै आधुनिकतामा हिन्दुत्वलाई लैजाने एक महान ब्यक्तिका रुपमा पनि लिइन्छ । प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटमा समवेदना र सराहना प्रस्तुत गरेका छन् । भारतका प्रसिद्ध पत्रकार गुरुमुर्तीले पनि स्वामीले मठलाई केवल अध्यात्ममा मात्र नराखि समाजसेवा र समाज परिवर्तनको धारमा पनि लगेको बताएका छन् ।