ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Feb 13, 2018
शिव भगवानको अनन्त नामहरू छन् तीमध्ये शम्भु, शङ्कर पनि मुख्य नाम हुन्, शम् भवति यस्मात् इति शम्भुः अर्थात् कल्याण हुन्छ जसबाट यस अर्थमा शम् पूर्वक भु धातुबाट शम्भु शब्द बन्दछ । शिवजीबाट सम्पूर्ण जगत्को कल्याण हुने भएकाले शिवजीको नाम शम्भु रहन गयो ।
शिव भन्ने बित्तिकै जटा पालेको डमरु त्रिशुल धारण गरेको बाघको छाला लगाएको यस प्रकारको स्वरूप हामीले सम्झिन्छौँ । के यही स्वरूप शिव हो वा के हो त शिव भनेको ?