Suyog Dhakal · Feb 12, 2018
पशुपति अर्थात हामी सबैका मालिक, पालनहार अनि पिता । हामी तिनैवाट उत्पन्न भएका शक्तिका पुञ्ज हौं, शिव शक्ति हुन अनि शिव करुणा पनि हुन् । शिव शुरु हुन र अन्त्य पनि शिव हुन् । हर हर महादेव
आफूमा नियन्त्रण अनि सन्तुलनको सर्वश्रृष्ठ दृष्टान्त नै भगवान शिव हुन् । शिव तसर्थ ति मात्र हैनन् जो केवल नशामा लीन भनेर बुझिन्छ, शिव त ति हुन् जसले बिष पिएर निलकण्ठ बनेर गोसाँईकुण्डमा पीडा सहन गरेर बसिदिए । शिवको यो नियन्त्रण र सन्तुलनको एउटा मात्र पक्षलाई अवलम्बन गरेर शिवमार्ग लाई नशासंग जोडिनु चाँही लज्जास्पद हो ।