ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Sep 4, 2020
श्राद्ध शब्द श्रद्धा कै द्योतक हो अर्थात् हामी आफ्नो मृत पितृको निमित्त जुन दानपुण्य आदि सत्कर्म श्रद्धापूर्वक गरिन्छ त्यही श्राद्ध हो । आफ्नो पितृहरूको स्मरण या श्रद्धागर्ने परम्परा प्रत्येक धर्ममा विद्यमान छ, यद्यपि त्यसको रूप भिन्न भिन्न हुनसक्छ । श्राद्ध गर्नेले दक्षिणतिर फर्केर पिण्डदान गर्नु पर्दछ । श्राद्ध गराउने ब्रह्मणमा तोकिएका गुण हुनुपर्दछ । ब्राह्मण योग्य नभए श्राद्ध गर्नुको कुनै औचित्य हुन्न । विकल्प नभए स्त्रीले पनि श्राद्ध गर्न हुने शास्त्रीय विधान रहेको छ । श्राद्धका विधिहरुमा केही भिन्नता छ । शुक्ल यजुर्वेद अन्तर्गतका सबैले कात्यायनले वा पारस्कर गृह्यसूत्रले बताएको विधिको अनुशरण गर्नु भनिएको छ ।