
आफ्नो स्वरुपमा आउन अघि हरेक कुराको गर्भ नै शिव हुन् भने अन्त्यपछिको शुन्यता पनि शिव नै हुन् । शिव स्वरुप हैनन र शिव प्रकाश नभई अन्धकार हुन् । दुबै स्वरुप तत्व अनि शून्यतामा शिव बिधमान रहन्छन् । सम्पूर्ण ब्रह्माण्डको मानवीय स्वरुप नै शिव हुन्, शक्तिका श्रोत शिव स्वयम शक्ति पूर्ण अनि आशिंक रुपमा हुन् । शिव शुरु अनि अन्त्य हुन् ।
एकफर पावर्तीले शिवलाई संसारको सबैभन्दा ठूला पाप र धर्म के हो भनि प्रश्न गर्नुभएका थियो । शिवले यस प्रश्नको उत्तर एउटा सस्कृतका श्लोकले दिएका थिए, नास्ति सत्यात् परो नानृतात् पातकं परम्। जसको अर्थ हुन्छ सदैव सत्यका पक्षमा रहनु अनि निष्ठा गर्नुनैै मानव जिवनको मुख्य धर्म हो । तर यसरी सत्यको साथ नदिनु अनि सत्य तर्फ नरहनु नै सबैभन्दा ठूला पाप हो । सत्यको पक्षमा रहनु र अरुलाई हानी नगर्नु र असत्यको पक्षमा नरहनुलाई शिवले जोड दिएका छन् । सत्य मार्गलाई शिवले धेरै प्रार्थमिक्ता दिँदै भक्ति भन्दा पनि कर्मलाई धेरै जोड दिएको पाइन्छ ।