Suyog Dhakal · May 30, 2018
रामसीता कहानीको यति सराहना किन हुने गर्दछ त ? के राम साँच्चै भगवान् नै हुन् त ?
थाइहरुको रामायणको संस्करण इन्डोनेसियालीकाभन्दा फरक छन् र वाल्मिकीको कथाभन्दा फरक छन् । कुनैमा रावण सत्पात्रका रुपमा प्रस्तुत भएका छन्, न कि राम । कुनैमा सीता रामकी बहिनी मानिएका छन् । लाओसको रामायणको संस्करणमा लक्ष्मणलाई मुख्य पात्र र रामलाई सहयोगी पात्रका रुपमा देखाइएको छ ।