Suyog Dhakal · Feb 12, 2018
प्रकाश चाहे हामीले बालेको बत्ति को होस् या सूर्य नारायण स्वयमकै किन नहोस् ? प्रकाश आयूले बाँधिएको हुन्छ, हिलियममा परिणत भएका हाइड्रोजनले अन्धकारलाई आत्मसाथ गर्दछन्, अन्धकार अबिछिन्न अनि अन्तहिन छ र त्यही अन्धकार नै ब्रह्माण्डको गर्भ हो, शिव हो ।
यस ब्रह्माण्ड एउटा बिशालकाय शुन्यता र महाघटना अनि त्यसको परिघटनाका रुपमा घटिरहेको छ । बाँकी त केवल शुन्यता मात्र त हो, त्यस शुन्यता नै शिव हुन् । शिव एउटा शक्ति हो, उर्जा हो जसले शुन्यतालाई सम्बोधन गरेको छ । शुन्यता बाटै उत्पन्न यस ब्रह्माण्डका हरेक कुराको गर्भ शुन्यता नै हो अनि अन्त पनि, यस अर्थमा शिव नै आदि अनि अन्त हुन् । सम्पूर्ण कुरा शिव बाटै आएर शिव मै सकिने हो ।