
लिभिङ विथ आइसिटीले दोश्रो संस्करणको रुपमा आयोजना गर्न लागिरहेको आइसिटी अवार्ड २०१७ मा सहभागिताको लागि अनलाइन आवेदन दिने समय तीन दिन थप गरिएको छ । असार ३१ गतेसम्म तोकिएको समयावधिमा उल्लेख्य कम्पनी तथा व्यत्तिको सहभागिता भएपनि अझ थप समयको माग भएको कारण समयावधि थप गरिएको आयोजक समितीले जनाएको छ ।