
नेपाल टेलिकमले यही पुष १७ गते (१ जनवरी २०२१ ) देखि NTTV ब्राण्डमा फाइबर टू दि होम (FTTH) मार्फत आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने भएको छ । हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराई रहेकोमा अब आईपी टिभी सेवा पनि थप गर्न लागेको हो ।