
नेपाल टेलिकमले एफटीटीएच सेवाका ग्राहकका लागि एफटीटीएच–जाडोमा न्यानो अफर उपलब्ध गराएको छ । यस योजनामा २० एमबीपीएस वा सो भन्दा बढीको वार्षिक प्याकेज लिने एफटीटीएच सेवाका ग्राहकका मोबाइलमा दैनिक ३ सय एमबी डाटा एफटीटीएच–जाडोमा न्यानो अफर स्वरुप उपलब्ध गराइएको हो । यो अफर हिजो (२०७७ पुस १) देखि कार्यान्वयनमा आइसकेको छ ।