
नेपाल टेलिकमले मोबाइल सेवाको सिष्टम अपग्रेड कार्य यही फागुन २२ गते सम्पन्न गरेको छ । कम्पनीले डाटा सेवाका लागि विगतदेखि सञ्चालन गरिरहेको पीसीआरएफ (PCRF-Policy and Charging Rules Function) सिष्टमबाट जिएसएम प्रविधि अन्तर्गतको वायरलेस डाटा सेवाका लागि क्षमता पर्याप्त नभएकाले नयाँ पिसिआरएफ सिस्टम जडान गरी पुराना ग्राहकहरुलाई स्तरोन्नति गरिएको सिस्टममा माइग्रेट गर्ने कार्य सम्पन्न गरेको हो ।