
यस सहकार्य पश्चात प्रयोगकर्ताले इन्टरनेट मार्फत फोर के भिडीयो, एच डी भिडीयो अनि इन्टरनेट टिभीसहजै हेर्न पाउने जनाइएको छ । नोकियाको १८३० पीएसएस प्रविधीलाई पीएस ई २ एस ले प्रभावकारिता थप्ने र भविष्यमा पनि क्षमता, सेवा गहिराई अनि घनत्व थप्न सहज हुने नोकियाको ठम्याइ छ ।
हिमालयन देश भनेर नेपाललाई बिशेषण दिँदै नोकियाले वल्र्डलिकंलाई भने फिक्सड ब्रोडव्याण्ड प्रोभाइडर भनी उल्लेख गरेको छ । वल्र्ड लिंकको नेपालमा १२०,००० घरेलु प्रयोगकर्ता अनि ५००० व्यबसाहीक सर्किट रहेको जनाएको छ ।