
हुन त रोवोटीक प्रविधीको स्वाद हामीमध्य धेरैले चाखिसकेका हुनसक्छौं, हवाईजहाज मा अटोपाईलट पनि रोवोटीक या अटोमेटेड तवर नै हो जहाँ जहाजलाई पाइलटले भन्दा प्रविधीले उडाइरहेको हुन्छ ।
लवरेन्स ली नामक बेलायती पत्रकारले बनाएको अलजजिराको यस रिपोर्टमा रोवोटको सेवामा मानविय संवेदना नहुने कारणले अहिले बिकसीत देशहरुको स्वास्थ उपचार अनि हेरचाह क्षेत्रमा रोवोटको प्रयोग बिवाद अनि बहसको पनि बिषय रहेको उनी बताउदछन् । माया र ख्याल गर्ने दायित्व मेसीनलाई आउटसोर्स गर्न हुन्छ त ? बहसको बिषय हो, उनी भन्दछन् ।