
नेपाल सरकारले मिति २०७६ चैत्र १६ गते डाटा सेवामा २५ प्रतिशत छुट दिने निर्णय गरे अनुसार कम्पनीले मिति २०७६ चैत्र २० देखि २६ गतेसम्म (७ दिन) लागू हुने गरी जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दर (Pay as You Go) मा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दर (Pay As You Go) मा २७ प्रतिशत छुटको व्यवस्था गरेको छ । यस अनुसार जीएसएम मोबाइल डाटा र सीडीएमए मोबाइल डाटामा प्रतिएमबी कर सहित महसुल क्रमशः ९० पैसा र ५१ पैसा लागू हुनेछ ।